Logo

श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाया सेप्टेम्बरमा स्वदेश फर्किने



थाइल्याण्ड, ९ भदौ । श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे थाइल्याण्ड निर्वासनको केही दिनपछि सेप्टेम्बरको पहिलो हप्तामै स्वदेश फर्कने तयारीमा छन् ।

राजापाक्षे सेप्टेम्बर २ वा ३ मा फर्किने सम्भावना रहेको डेली मिररले स्रोतलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ । कोलम्बोमा चर्को राजनीतिक विरोधपछि र देशको आर्थिक सङ्कटबाट आक्रोशित प्रदर्शनकारीबाट खतरा देखेपछि उनी गत जुलाई १३ को बिहान श्रीलङ्काबाट भागेका थिए ।

सिङ्गापुर पुगेपछि उनले राष्ट्रपति पदबाट राजीनामा दिएका थिए जहाँ उनलाई १४ दिने भ्रमण पास जारी गरिएको थियो ।

अगस्ट ११ मा पूर्वराष्ट्रपति श्रीलङ्का सरकारको अनुरोधमा थाइल्याण्ड पुगेका थिए । उनको मिरिहाना निवासमा कडा सुरक्षा व्यवस्था गरिएको छ ।

थाइल्याण्डले श्रीलङ्काका पूर्वराष्ट्रपतिले देशमा शरण मागेको खबरलाई अस्वीकार गरेको छ । थाइल्याण्डको विदेश मन्त्रालयले राजपाक्षेलाई राजनीतिक शरण नलिने उद्देश्यले देश भ्रमण गर्न अनुरोध गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्