काठमाडौं, १३ पुस । श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे आज (शनिबार) नेपाल आउँदै हुनुन्छ । उहा निजी भ्रमणका लागि नेपाल आउन लाग्नुभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो ।
मन्त्रालयले उहालाई पूर्वराष्ट्रपतिका रूपमा भ्रमणका क्रममा शिष्टाचार र सुरक्षाको प्रबन्ध गर्ने जनाएको छ । अन्य भेटघाट र भ्रमण उहाले आफ्नै हिसाबले निजी रूपमा गर्ने जनाइएको छ । पूर्वराष्ट्रपति विक्रमासिङ्घे नेपाल भ्रमणका क्रममा लुम्बिनीसमेत जाने कार्यक्रम छ । भ्रमण सम्पन्न गरी उहा यही पुस १७ गते स्वदेश फर्किने जनाईएको छ ।