Logo

श्रीलङ्काका प्रधानमन्त्री राजापाक्षेद्वारा राजीनामा



श्रीलङ्का, २६ वैशाख । राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले आज सोमवार राजीनामा दिएका छन् ।

यो कदमले सङ्कटग्रस्त देशमा नयाँ मन्त्रिपरिषद्का लागि मार्ग प्रशस्त गर्ने सम्भावना देखिएको छ ।

राष्ट्रपति गोटबाया राजापाक्षेले गएको शुक्रवारको विशेष बैठकमा प्रधानमन्त्रीलाई देशमा जारी राजनीतिक सङ्कटको समाधानका लागि राजीनामा दिन आग्रह गरेको केही दिनपछि यस्तो निर्णय भएको हो ।

श्रीलङ्काको डेली मिररले जनाएअनुसार प्रधानमन्त्रीले राजीनामा दिएपछि राष्ट्रपति राजापाक्षेले संसदमा रहेका सबै राजनीतिक दललाई सर्वदलीय मन्त्रिपरिषद् गठन गर्न आमन्त्रण गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्