श्रीलङ्का, १२ असार । श्रीलङ्कामा पेट्रोल तथा डिजलको चरम अभाव भएको छ । समयमा नै पेट्रोलियम पदार्थ खरिद गर्न आर्थिक अभाव भएपछि नागरिक इन्धन अभावको सामना गर्न बाध्य भएका छन् ।
श्रीलङ्का सरकारले इन्धन छिट्टै आइपुग्ने जनाएको छ । ऊर्जामन्त्री कञ्चन विजेसेकेराले यो हप्ता आइपुग्नुपर्ने इन्धन आउन नसक्दा कठिनाइ भएको भन्दै क्षमा मागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यस हप्ताको सुरु र अर्को हप्तासम्ममा आउने पेट्रोल, डिजल र इन्धनको कच्चा पदार्थको ढुवानी बैंकिङ्ग तथा व्यवस्थापकीय कारणले गर्दा समयमै आइपुग्ने अवस्था नदेखिएको मन्त्री विजेसेकेराले बताएका छन् ।