Logo

श्रीलङ्कामा डिजल बिक्री बन्द



श्रीलङ्का, १७ चैत । गम्भीर आर्थिक सङ्कट भोगिरहेको दक्षिण एसियाली श्रीलङ्कामा आज देखि डिजलको बिक्री ठप्प भएको छ ।

विदेशी मुद्रा नहुँदा आयात रोकिएको र भण्डारणमा रहेको डिजल सकिएकाले आजदेखि श्रीलङ्कामा बिक्री बन्द भएको समाचार संस्था एएफपीले जनाएको छ ।

डिजल नहुँदा सार्वजनिक गाडी, उद्योग कलकारखाना र विद्युत् उत्पादन गर्ने प्लान्ट पनि सञ्चालन हुन सकेका छैनन् । पेट्रोल पम्पको बाहिर कैयौँ किलोमिटर गाडीको लामो लाइन लागेको खबरमा उल्लेख छ ।

श्रीलङ्काका यातायात मन्त्री दिलम मुनुगामाले देशसँग निकै थोरै मात्र डिजल रहेको र यो डिजल अत्यावश्यक कामका लागि मात्रै वितरण हुने बताएका छन् ।

यस्तै बुधवार १० घण्टा लोडशेडिङ गरेको सरकारले आजदेखि दैनिक १३ घण्टा लोडशेडिङ गर्ने भएको छ । इन्धन र बिजुली उपलब्ध नभएपछि नागरिकले आक्रोशित हुँदै प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्