श्रीलङ्का, २३ पुस । श्रीलङ्कामा विगत दुई वर्षमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको समस्या बढेको छ ।
विगतको तुलनामा सन् २०२१/२२ मा कुपोषणको समस्या बढेको हो ।
संयुक्त राष्ट्र सङ्घीय बालकोष (युनिसेफ) पछिल्लो एक प्रतिवेदनअनुसार श्रीलङ्कामा कुपोषण समस्या यथावत् छ भने यस वर्ष २९ लाख बालबालिकासहित अनुमानित ६२ लाख मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता छ ।
देशले पछिल्लो पटक भोगेको आर्थिक सङ्कटबाट पनि बालबालिकाको स्वास्थ्यसम्बन्धी बानी र मानिसको क्रयशक्तिमा आएको कमीका कारण कुपोषण बढेको श्रीलङ्काका स्वास्थ्यमन्त्री केहेलिया रामबुकवेलाले बताएका छन् ।







