Logo

श्रीलङ्कामा बर्सेनि हात्ती धपाउन ८० लाख अमेरिकी डलर खर्च



श्रीलङ्का, १३ असोज । श्रीलङ्कामा मानव र हात्तीबीचको द्वन्द्व रोक्न वार्षिक ८० लाख अमेरिकी डलर खर्च हुने गरेको वन्यजन्तु मन्त्रालयले जनाएको छ ।

यो खर्च मुख्यगरी पटकामा हुने गरेको छ । कृषि, वन्यजन्तु तथा वन स्रोत संरक्षण मन्त्री महिन्दा अमरविराले सरकारलाई प्रतिवर्ष कम्तीमा १४ लाख हात्तीका लागि पटका आवश्यक पर्ने गरेको जानकारी दिएका छन् ।

हात्तीले मानव बस्तीमा आक्रमण गर्नुको मुख्य कारण वनक्षेत्रमा घर तथा बस्ती निर्माण हुनु, हात्ती खुलेआम हिँडडुल गर्नु र जङ्गली हात्तीका लागि खाना र पिउने पानीको अभाव हुनु रहेको पनि उनले बताए ।

मानव र हात्तीबीच हुने गरेको द्वन्द्वमा थप क्षति हुन नदिन स्थायी समाधानका लागि कदम चालिएको तर निक्कै चुनौतीपूर्ण रहेको वन मन्त्री अमरविरालाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्