श्रीलङ्का, ३ साउन । श्रीलङ्कामा सङ्कटकाल लागू भएको छ ।
कार्यवाहक राष्ट्रपति रनिल बिक्रमासिङ्गेले सोमबार श्रीलङ्कामा सङ्कटकालको घोषणा गरेका थिए ।
उनले राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न, नागरिकको जीवन रक्षा गर्न तथा अत्यावश्यकीय सेवा आपूर्तिका लागि सङ्कटकालको घोषणा गर्न आवश्यक रहेको बताएका थिए । त्यहाँ नयाँ राष्ट्रपति चुन्न प्रक्रिया सुरु भएको छ ।
श्रीलङ्कामा बुधबार नयाँ राष्ट्रपतिका लागि चुनाव हुँदैछ । आज उम्मेदवारी दर्ताको कार्यक्रम छ ।
पूर्व राष्ट्रपति गोटाबाया राजपाक्षे श्रीलङ्काबाट भागेर माल्दिभ्स हुँदै सिङ्गापुर पुगेका छन् । तर सिङ्गापुरको विदेश मन्त्रालयले उनलाई तत्कालका लागि मात्रै शरण दिएको तर राजनीतिक रुपमा शरण दिन नसकिने जनाएको छ ।