Logo

श्रीलङ्कामा सार्वजनिक ठाउँमा मास्क लगाउनै पर्ने नियम हट्याे



श्रीलङ्का, २७ जेठ । श्रीलङ्कामा मास्क लगाउनै पर्ने निर्णय खारेज गरिएको छ ।

श्रीलङ्काका स्वास्थ्य मन्त्री केहेलिया रामबुक्वेलाले सार्वजनिक ठाउँमा मास्क लगाउनै पर्ने निर्णय आजदेखि निष्क्रिय हुने बिहीवार जानकारी दिए ।

कोरोना भाइरसको महामारीका कारण महामारी थप फैलिन नदिन सरकारले सार्वजनिक ठाउँमा मास्क लगाउनै पर्ने व्यवस्था गरेको थियो ।

पछिल्लो समय कोरोना भाइरसको महामारी निकै कम भएकाले मास्क अनिवार्य गर्नु आवश्यक नदेखिएकाले निर्णय खारेज गरिएको सरकारी अधिकारीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्