Logo

श्रीलङ्कामा हिंसात्मक झडप: एक सांसदसहित दुई जनाको मृत्यु



श्रीलङ्का, २७ वैशाख । श्रीलङ्कामा भएको हिंसामा सोमवार सत्तारूढ दलका एक सांसदसहित दुई जनाको मृत्यु हुनुका साथै कम्तीमा एक सय ३९ जना घाइते भएको प्रहरी र अस्पतालका अधिकारीहरूले बताएका छन् ।

सांसद अमरकीर्थी अथुकोरालाले कारलाई रोक्ने क्रममा गोली चलाउँदा दुई जना गम्भीर घाइते भएको र घाइतेमध्ये एक जनाको पछि ज्यान गएको प्रहरीले जनाएको छ । सांसद्ले ‘त्यसपछि आफ्नो रिभल्भरले आफ्नै ज्यान लिएको’, एक प्रहरी अधिकारीले बताए ।

कोलम्बोमा भएको झडपमा एक सय ३८ जना घाइते भएकालाई अस्पतालमा उपचार आवश्यक रहेको कोलम्बो नेशनल अस्पतालका प्रवक्ता पुष्पा सोयसाले एएफपीलाई बताए ।

सरकार र सांसद्लाई तत्काल समाधान खोज्न माग गर्दै केही दिनदेखि आन्दोलन जारी छ । यसैबीच राजधानी कोलम्बोमा प्रदर्शनकारीबीच भएको झडपका कारण तनाव उत्पन्न भएपछि प्रहरीले कर्फ्यु लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्