Logo

श्रीलङ्कामा ४१ सांसदद्वारा गठबन्धन छाड्ने घोषणा



श्रीलङ्का, २३ चैत । श्रीलङ्कामा सत्तारुढ दलकासहित ४१ सांसदले समर्थन फिर्ता लिएपछि राष्ट्रपति गोटावाय राजापाक्षको गठबन्धन सरकार अल्पमतमा परेको छ ।

उनीहरुले मिलिजुली सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन् । गोटावायको श्रीलङ्का पोडुजाना पेरामुनाको नेतृत्वमा रहेका दलका सांसदले अब आफूले स्वतन्त्र रूपमा प्रतिनिधित्व गर्ने बताएका छन् ।

सन् २०१९ मा भएको निर्वाचनमा सत्तारुढ गठबन्धन एक सय ४५ सिटमा विजयी भएको थियो । संसदमा दुई सय २५ सदस्य छन् । आर्थिक सङ्कट भोगिरहेको श्रीलङ्कामा राष्ट्रपति राजापक्षको राजीनामा माग्दै प्रदर्शन भइरहेका छन् ।

विदेशी मुद्राको सञ्चिति नभएका कारण श्रीलङ्काले इन्धन र अन्य वस्तुको आयातको पैसा तिर्न सकेको छैन । सन् १९४८ मा स्वतन्त्र भएयता श्रीलङ्कामा देखिएको यो सबैभन्दा नराम्रो आर्थिक सङ्कट हो ।

प्रतिक्रिया दिनुहोस्