Logo

श्रीलङ्काली राष्ट्रपतिद्वारा खर्च कटौती गर्न सरकारी निकायलाई निर्देशन



श्रीलङ्क, ३१ साउन । श्रीलङ्काली राष्ट्रपति रनिल विक्रमासिंघेले सबै सरकारी निकायहरुलाई सरकारी खर्चमा कटौती गर्न निर्देशन दिएका छन् ।

उनले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारी निकायहरुलाई अहिले भइरहेको खर्चमा कटौती गर्न निर्देशन दिएका हुन् । राष्ट्रपति विक्रमासिंघेको सञ्चार सचिवालयले सो कुराको जानकारी दिएको छ ।

सो सचिवालयले राष्ट्रपतिको उक्त निर्देशन श्रीलङ्काका सबै मन्त्रालयल, केन्द्रीय विभाग, प्रान्तीय सरकारका प्रमुख विभागहरु तथा अन्य सरकारी निकायका लागि रहेको पनि बताएको छ ।

श्रीलङ्काले पछिल्ला केही वर्षयता आर्थिक चुनौतीहरुसँग सामना गरिरहेको छ । श्रीलङ्काले हाल सामना गरिरहेको आर्थिक सङ्कटको समाधानका लागि देशभित्रका सरकारी तथा गैरसरकारी निकायहरुका पनि विभिन्न शीर्षकमा खर्च कटौती गरिरहेको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्