Logo

श्रीलङ्काले ऋणबारे पुनर्विचार गर्न चीनसँग छलफल थाल्यो



श्रीलङ्का, १३ वैशाख । आर्थिक सङ्कट भोगिरहेको श्रीलङ्काले चीनसँगको ऋणमा पुनकर्जाको सुविधा प्रयोग गर्न छलफल थालेको छ ।

इतिहासकै सबैभन्दा ठूलो आर्थिक सङ्कट र वैदेशिक ऋणको समस्यामा परेको श्रीलङ्काले चीनसँग पुनकर्जाको विषयमा छलफल थालेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

श्रीलङ्काले चीनलाई साढे तीन अर्ब डलर दिन बाँकी रहेको छ । चीनको पुरानो ऋण तिर्न सहज बनाउने र नयाँ ऋणको विषयमा छलफल भइरहेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता नालाका गोदाहेवाले बताएको खबरमा उल्लेख छ ।

श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले पनि गएको जनवरीमा चीनका विदेशमन्त्रीको भ्रमणका बेला ऋणमा परितर्वन गर्न आग्रह गरेका थिए । मन्त्री गादाहेवाले विश्व बैंकले यसअघि नै सहयोगको वाचा गरेको र अन्तर्राष्ट्रिय मुद्रा कोषले श्रीलङ्काको आर्थिक सङ्कट समाधान गर्न सहयोग गर्ने वाचा गरेपछि अरू देश पनि ऋण तथा सहयोगका लागि सकारात्मक बनेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्