Logo

श्रीलङ्काले औषधि किन्न काेभिड-१९ का लागि छुट्याइएकाे काेष प्रयाेग गर्ने



श्रीलङ्का, २० जेठ । श्रीलङ्कामा आवश्यक औषधिहरू किन्न कोभिड-१९ सामाजिक सुरक्षा कोष प्रयोग गर्न राष्ट्रपति गोटबाया राजपाक्षले शुक्रवार निर्देशन दिएका छन् ।

आर्थिक सङ्कटको बेला देशले औषधिको गम्भीर अभावको सामना गर्नुपरेपछि राष्ट्रपति राजापाक्षले यो निर्देशन दिएका हुन् ।

राजपाक्षले विगत दुई वर्षभित्र महामारीको समयमा दाताहरूबाट सङ्कलन गरिएको कोभिड-१९ स्वास्थ्य सेवा तथा सामाजिक सुरक्षा कोषमा रहेको अनुमानित ६ लाख अमेरिकी डलर प्रचलनमा ल्याइ औषधि खरिदमा देखिएको अभावलाई सम्बोधन गर्न आग्रह गरेका छन् ।

दक्षिण एसियाली देशमा कोभिड-१९ महामारी नियन्त्रणमा रहेकाले यो कोष अन्य स्वास्थ्य सेवा आवश्यकताका लागि प्रयोग गर्न सकिने र खासगरी अस्पतालहरूका लागि आवश्यक औषधिहरू आयात गर्न यसलाई परिचालन गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्