Logo

श्रीलङ्काले चिनियाँ उद्यमीलाई थप लगानीका लागि प्रोत्साहन गर्ने



कास्की, ५ मङ्सिर । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे र श्रीलङ्का भ्रमणमा रहेका चिनियाँ राज्य परिषद् सल्लाहकार शेन यिकिनबीच चिनियाँ उद्यमीहरूलाई देशमा लगानी गर्न प्रोत्साहित गर्ने सहमति भएको छ ।

राष्ट्रपति विक्रमासिङ्घेले श्रीलङ्काले संयुक्त बेल्ट एण्ड रोड निर्माणलाई दृढतापूर्वक समर्थन गर्ने र पोर्ट सिटी कोलम्बो र हम्बनटोटा अन्तर्राष्ट्रिय बन्दरगाहको निर्माणलाई बढावा दिन चिनियाँ उद्यमीहरूलाई देशमा लगानी गर्न प्रोत्साहित गर्ने बताएका हुन् ।

श्रीलङ्काको सामाजिक-आर्थिक विकासलाई बढावा दिन चीनसँग मैत्रीपूर्ण आदानप्रदान र सहयोगलाई प्रगाढ बनाउन चाहेको विक्रमासिङ्घेले बताए । कतिपयले चीनको ऋणका कारण श्रीलङ्कामा आर्थिक समस्या बढ्दै गएको बताइरहेका बेला श्रीलङ्काले चिनियाँ लगानीलाई प्रोत्साहन गर्न सहमति गरेको हो ।

प्रतिक्रिया दिनुहोस्