Logo

श्रीलङ्कासँगको पहिलो टेस्ट पाकिस्तानले जित्यो



श्रीलङ्का, ४ साउन । श्रीलङ्कासँगको पहिलो टेस्ट क्रिकेटमा पाकिस्तान चार विकेटले विजयी भएको छ ।

गाल्लेमा घरेलु टोली श्रीलङ्काले दिएको तीन सय ४२ रनको लक्ष्य पाकिस्तानले आज पाँचौँ दिनको खाना समयपछि ६ विकेट गुमाएर भेटायो ।

पाकिस्तानका लागि अब्दुल्लाह सफिकले नटआउट एक सय ६० रन बनाए । यस्तै कप्तान बाबर आजमले ५५ रन बनाए । पाकिस्तानले आफ्नो टेस्ट इतिहासमा दोस्रो सबैभन्दा धेरै रनको लक्ष्य पूरा गर्ने रेकर्ड समेत बनाएको छ ।

दोस्रो पारीमा बलिङतर्फ श्रीलङ्काका प्रवाथ जयसूर्याले चार विकेट लिए । पहिलो पारीमा चार रनको अग्रता बनाएको श्रीलङ्का दोस्रो पारीमा तीन सय ३७ रनमा अलआउट भएपछि पाकिस्तानले तीन सय ४२ रनको लक्ष्य पाएको हो ।

प्रतिक्रिया दिनुहोस्