Logo

श्री एअरलाइन्सका आजका उडान स्थगित



काठमाडौँ, १७ असार । श्री एअरलाइन्सले आजका सबै उडान स्थगित गरेको छ ।

विभिन्न जहाजमा पटकपटक प्राविधिक समस्या देखिएपछि श्री एअरलाइन्सले आजका सबै उडान बन्द गरेको प्रवक्ता अनिल मानन्धरले जानकारी दिए ।

उनका अनुसार आज सबै जहाजलाई ग्राउन्डेड गरेर राम्रोसँग जाँच गर्ने र भोलिदेखि नियमित उडान शुरु गरिने बताए ।

शनिबार पनि काठमाडौँबाट धनगढी उडेको जहाज अवतरण नगरी पुन: काठमाडौँ नै फर्किएको थियो ।

प्रतिक्रिया दिनुहोस्