Logo

श्री एअरलाइन्सको जहाज उडाउन रोक



काठमाडौँ, २५ वैशाख । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एअरलाइन्सको कलसाइन नाईन एन एएनई जहाजलाई उडानमा रोक लगाएको छ ।

दुई दिनमा दुई पटक समस्या देखिएपछि जहाजलाई उडानमा रोक लगाइएको प्राधिकरणले जनाएको छ । जहाजको विस्तृत परीक्षणपछि मात्रै उडानको अनुमति दिने प्राधिकरणको भनाइ छ ।

यो जहाजको ल्यान्डिङ गियरमा शनिवार समस्या आएकोमा सोमवार फेरि त्यही समस्या दोहोरिएको थियो । प्राधिकरणले जहाजको मर्मतमा संलग्न इन्जिनियरलाई पनि सोधपुछका लागि ड्युटीबाट हटाएको छ ।

आज बिहान भैरहवाबाट उडेको श्री एअरको जहाज बीच बाटोबाटै फर्किएर भैरहवामै अवतरण भएको थियो । जहाज अवतरण भए पनि पाङ्ग्रा लक हुँदा आधा घण्टासम्म धावनमार्गमै रोकिएको थियो । श्री एअरलाइन्सको जहाजका कारण अरू जहाजका उडान र अवतरण पनि प्रभावित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्