Logo

श्रेष्ठको जन्मोत्सबमा व्यवसायी राहत कोषमा रकम प्रदान



झापा, असार ११ । बिर्तामोड उद्योग बाणिज्य संघले स्थापना गरेको ‘ब्यवसयिक राहत कोष’का लागि व्यवसायी दिनेश श्रेष्ठले एघार हजार एक सय ११ रुपैयाँ प्रदान गर्नु भएको छ ।

बिर्तामोड उद्योग बाणिज्य संघका सदस्य समेत रहनु भएका श्रेष्ठले आफ्नो जन्म दिनको अबसर पारेर संघका अध्यक्ष राजु न्यौपाने र महासचिव कुशल खतिवडालाई रकम प्रदान गर्नुभयो ।

संघले एक करोड रुपैयाँ बरावरको ब्यवसायी राहत कोष स्थापना गरेको छ । व्यवसायी राहत कोष स्थापना भएसंगै सामाजिक व्यत्तित्व तथा व्यवसायीहरुले जन्मोत्सव तथा विभिन्न अवसरमा रकम प्रदान गर्दै आएका छन् ।

सोही क्रममा श्रेष्ठले जन्मोत्सवमा गरिने फजुल खर्चलाई कटाएर कोषमा सहयोग रकम उपलब्ध गराएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्