Logo

संखुवासभामा पहिरो: १० परिवार विस्थापित



संखुवासभा, ७ असार । संखुवासभाको चिचिला गाउँपालिकामा पहिरोका कारण १० परिवार विस्थापित भएका छन् ।

लगातारको वर्षासँगै पहिरोले चिचिलाका विभिन्न स्थानमा गएको पहिरोबाट १० परिवार विस्थापित भएका हुन् ।

चिचिला गाउँपालिका वडा नं.१ मा ६ र ३ मा ४ परिवार विस्थापित भएको गाउँपालिकाका अध्यक्ष पासाङ नुर्व शेर्पाले बताए ।

विस्थापित भएकालाई नजिकैको आफन्तको घर र सामुदायिक भवनमा राखिएको अध्यक्ष शेर्पाले जानकारी दिए । पहिरोले चिचिला गाउँपालिका हुँदै मकालु भोटखाला जाने उत्तर दक्षिण सडक समेत अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्