Logo

संखुवासभामा सुख्खा पहिरो खस्दा २ जना मजदुरको मृत्यु



संखुवासभा, १८ जेठ । सुख्खा पहिरो खस्दा संखुवासभामा २ जना मजदुरको मृत्यु भएको छ । चैनपुर नगरपालिका-१, मा सुख्खा पहिरोले पुरिएर बुधबार दुई जनाको मृत्यु भएको हो ।

नुनढाकी सडकखण्ड निर्माणका क्रममा पहिरो खस्दा कामदार रामकुमार राई र हेमराज मगरको पहिरोमा पुरिएर घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले बताए । प्रहरीका अनुसार सडकमा पर्खाल लगाउने क्रममा पहिरो गएको थियो ।

प्रतिक्रिया दिनुहोस्