काठमाडौँ, १९ मङ्सिर । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयतालाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।
नेपाली कांग्रेस ओखलढुंगाको प्रथम जिल्ला सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै उनले संघीयतालाई राम्रोसँग चलाउन सके देशको विकास हुन सक्ने धारणा राखेका हुन् ।
त्यस्तै फरक प्रसंगमा उनले दलको एकल बहुमत आउन गाह्रो रहेको बताए । तर, नेपाली कांग्रेस एकजुट हुन सके बहुमत आउन समस्या नभएको उनको दाबी छ ।
“एउटा पार्टीको मात्र बहुमत ल्याउन अलि गाह्रो छ । तैपनि पार्टी एकताबद्ध भए बहुमत ल्याउन सकिन्छ । बहुमत ल्याए कांग्रेसले चाहे जसरी काम गर्न सक्छ,” देउवाले भने ।







