Logo

संघीय निर्वाचनमा विचारभन्दा माथि देशलाई राखौँ: रवीन्द्र मिश्र



काठमाडौँ, २६ साउन । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले संघीय निर्वाचनमा इमानदारी, क्षमता र परिपक्वतालाई उच्च महत्व दिऊँ भन्दै विचारभन्दा माथि देशलाई राखौँ भनेका छन् ।

मिश्रले आज आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्– ‘इमानदारी, क्षमता र परिपक्वताः
मैले स्थानीय निर्वाचनको अगाडि नेतृत्व चयन गर्दा तीनवटा कुरा विचार गर्नै पर्छ भनेर बारम्बार भने — इमानदारी, क्षमता र परिपक्वता।

इमानदारी र क्षमताको परिक्षण हुँदै जाला, ‘परिपक्वता’ भएन भने कस्ता ‘कच्चा’ काम हुन्छन्, परिणाम देखिन थालेको छ। कहिले विचारको बन्धनमा बाँधिएर, कहिले बहकिएर नेतृत्व चयन गर्दा, हामीले यो देशमाथि धेरै घात गरिसकेका छौँ।

संघीय निर्वाचन आउँदैछ। इमानदारी, क्षमता र परिपक्वतालाई उच्च महत्व दिऊँ। बहकिने काम नगरौँ। विचारभन्दा माथि देशलाई राखौँ !’

प्रतिक्रिया दिनुहोस्