Logo

गणतन्त्र मेरै नेतृत्वमा आएकाे हो: अध्यक्ष नेपाल



काठमाडौँ, १९ भदौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व आफूले गरेको दाबी गरेका छन् ।

आइतवार काठमाडौँमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष नेपालले आफू नेतृत्वको तत्कालीन एमालेले गणतन्त्रमा जाने निर्णय गरेर त्यो आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेको बताएका हुन् ।

गणतन्त्रको पक्षमा कांग्रेस नरहेको, माओवादीभित्र पनि सांस्कृतिक राजाको कुरा भइरहेका बेला आफू नेतृत्वको तत्कालीन एमालेको केन्द्रीय कमिटी बैठकले गणतन्त्रमा जाने निर्णय गरेर आन्दोलनलाई अघि बढाएको उनले बताए ।

उनले भने, ‘यहाँ गणतन्त्र ल्याउनका लागि विभिन्न पार्टीमा बहस भएको थियो । कांग्रेस गणतन्त्रको पक्षमा आएको थिएन । माओवादी पार्टी गणतन्त्रवादी भए पनि त्यहाँभित्र पनि कहिले सांस्कृतिक राजाको कुरा हुने गर्दथ्यो । हाम्रो पार्टीभित्र पनि विवाद भयो । २०६२ सालको असार र साउन महिनामा बसेको तत्कालीन एमालेको केन्द्रीय कमिटी बैठकले गणतन्त्रमा जाने निर्णय गर्‍यो । हामीले नै गणतन्त्र ल्याउनका लागि बुटवलबाट आन्दोलनको नेतृत्वका गरेका थियौँ ।’

प्रतिक्रिया दिनुहोस्