काठमाडौँ, १२ असार । संघीय संसदअन्तर्गत आज दुवै सदनका बैठक बस्दै छ ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेदेखि सुरु हुनेछ । राष्ट्रियसभाको बैठक बिहान ११ बजेदेखि सुरु हुने संघीय संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकमाथि भएको मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ ।







