Logo

संघीय संसदका दुवै सदनको बैठक बस्दै



काठमाडौँ, २६ साउन । संघीय संसदका दुवै सदनको बैठक बस्दैछ ।

राष्ट्रियसभा बैठक बिहान ११ बजे र प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

राष्ट्रिय सभा तथा प्रतिनिधिसभा बैठक लामो समयदेखि अवरुद्ध हुँदै आएको छ । एमाले सांसदहरूले बैठक अवरुद्ध गर्दै आएका छन् ।

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै अवरोध गर्दै आएको हो । जसका कारण दुवै बैठकमा लगातार अवरोध हुँदै आएको छ ।

सदन खुलाउने बारे आज राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख देवराज घिमिरेसँग छलफल गर्दैछन् । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका राष्ट्रपतिले सदनमा भएको अवरोधका बारेमा चासो राखेको र आज सभामुखसँग छलफल गर्ने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्