काठमाडौँ, २८ भदौ । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछन् ।
मंगलबार हृदयघातबाट संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका भएपछि बुधबार तय गरिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको थियो ।
दिवंगत नेम्वाङको आज अन्तिम संस्कार गरिँदैछ । उनको अन्तिम संस्कारका दिन आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ । नेम्वाङप्रति शोक प्रस्ताव पारितको प्रयोजनका लागि आज दिउँसो ३ बजे बैठक बोलाइएको संसद् सचिवालयका महासचिव डाक्टर भरतराज गौतमले जानकारी दिए ।
यस्तै राष्ट्रिय सभा बैठक पनि आजै बोलाएको छ । दिउँसो २ बजेर ३१ मिनेटका लागि बोलाइएको बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ ।







