काठमाडौँ, २७ मङ्सिर । संघीय संसदको कार्यवाहक महासचिवमा पद्मप्रसाद पाण्डे नियुक्त भएका छन् ।
सभामुख देवराज घिमिरेले पाण्डेलाई संघीय संसदको कार्यवाहक महासचिव नियुक्त गरेको सभामुखको सचिवालयले जनाएको छ ।
संघीय संसदका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेको नाम सिफारिस गरेका थिए । आज राष्ट्रिय सभा अध्यक्षसँगको परामर्शमा सभामुखले पाण्डेलाई नियुक्त गरेका हुन् ।
प्रशासनिक नेतृत्व नहुँदा सङ्घीय संसद् दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय काममा प्रभाव परेको, लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायतमा प्रभाव परेका कारण सभामुखले कार्यवाहक तोकेका छन् ।







