Logo

संघीय संसद्को दुवै सदनका बैठक बस्दै



काठमाडौँ, ३ असार । संघीय संसद्को दुवै सदनका बैठक शुक्रबार पनि बस्दैछन् । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा अर्थ समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९’ र ‘बिमा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेश गर्ने कार्यक्रम छ। बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘सामाजिक सुरक्षा पहिलो संशोधन विधेयक, २०७९’ पेश गर्ने कार्यसूची छ ।

गृहमन्त्री खाँणले ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधयेक, २०७९’ तथा ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयका महासचिव डा.भरतराज गौतम संघीय संसदको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्