जनकपुरधाम, २९ साउन । मधेस प्रदेश सरकारका मन्त्रीले संघीय सरकारविरुद्ध आजदेखि धर्ना कार्यक्रम सुरु गरेका छन् ।
जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयअगाडि मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरू धर्नामा बसेका हुन् ।
प्रहरी समायोजनको माग गर्दै उनीहरू बिहान ११ देखि दिउँसो १ बजेसम्म धर्नामा बसेका थिए । एक सातासम्म त्यसरी धर्ना दिइने तय गरिएको छ । त्यसपछि पनि प्रहरी समायोजन नगरिए अर्को चरणमा सडक आन्दोलन गर्ने मधेस सरकारको तयारी छ ।
धर्नामा प्रदेश सरकारका मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, नागरिक समाजका अगुवालगायत सबै पक्षको सहभागिता रहेको जनाइएको छ ।







