Logo

संविधानअनुसार समानुपातिकमा नाम सिफारिस गर्छौं: केसी



काठमाडौँ, २४ मंसिर । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संविधानअनुसार समानुपातिक सूचीमा रहेका नाम निर्वाचन आयोगमा पठाउने बताएका छन् ।

सबै परिस्थिति र समावेशी चरित्रलाई समावेश गर्ने नेपालको संविधानको धारा ८४ (२) मा राखिएको व्यवस्था अनुसार सूची पठाउने उनले जानकारी दिए ।

“दलित, मुस्लिम उमेदवार बनाउन सकेनौं । यसकारण यो अहिले समावेशी बनाउनु पर्छ,” समानुपातिकतर्फ नाम सिफारिस गर्न बसेको कांग्रेस बैठकमा सहभागी नेता केसीले भने, “वाग्मती प्रदेशमा तामाङ समुदायको बाहुल्यता छ, यसलाई पनि संबोधन गर्नुपर्छ ।”

७ प्रतिशत मत घटेकोकाले पनि समावेशिताको विषयलाई प्राथमिकतामा दिनुपर्ने विषय बैठकमा उठेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्