Logo

संविधानसभा सदस्यलाई बिना हस्ताक्षरको मतपत्र



नमूना मतपत्र

झापा, ४ मंसिर । संविधानसभा सदस्य पुजा खनाललाई बिना हस्ताक्षरको मतपत्र दिइएको छ । हल्दिबारी गाउँपालिकाको हल्दिबारी माविको मतदान केन्द्रमा मतदान गर्न जाँदा खनाललाई बिना हस्ताक्षरको मतपत्र दिइएको हो ।

खनालले पहिलो मतदान गरेर समानुपातिकको दोस्रो मतदान गर्न जाँदा बिना हस्ताक्षरको मतपत्र फेला परेको हो । मतपत्रमा हस्ताक्षर नभएको विषयमा प्रश्न उठाए पछि हस्तारक्षर भएको मतपत्र दिइएको खनालले बताइन् । मतदान केन्द्रमा चुडामणि निरौला मतदान अधिकृतको रुपमा खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्