Logo

संविधानसभा सदस्य विदुर सापकोटाको निधन



काठमाण्डौ, ८ फागुन ।  संविधानसभा सदस्य एवम् नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ ।

काभ्रेको मण्डनदेउपुर नगरपालिका–७ निवासी ५९ वर्षीय सापकोटाको उपचारका क्रममा काठमाण्डौको चाबहिलमा रहेको हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालमा आज बिहान निधन भएको एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य टोकबहादुर वाइबाले जानकारी दिनुभयो ।

सापकोटा लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित हुनुहुन्थ्यो । सापकोटाको पत्नी र एक छोरी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्