काठमाडौँ, १९ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनसँगै आर्थिक विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आवश्यक रहेको बताएका छन् ।
सङ्घीयताअनुसारको तीनै तहलाई अधिकार सम्पन्न गर्न संविधान अधिकारसूचीअनुसार कानून बनाउन आवश्यक रहेको उनको भनाइ छ ।
काठमाडौँ क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका सिंहले संसद्को एक कार्यकाल संविधान जोगाउनमा लागेको बताए ।







