काठमाडौँ, ६ माघ । नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले नेपालको संविधान च्यात्न पूर्वप्रधानमन्त्रीहरु नै मौका ढुकेर बसेको आरोप लगाएका छन् ।
शनिवार प्रतिनिधि सभाको बैठकबा बोल्दै सांसद चौधरीले यस्तो आरोप लगाएका हुन् ।
उनले पूर्व प्रधानमन्त्रीहरु नै सिस्टम मिलाएर अर्बौं भ्रष्टाचारहरु गर्न लागिपरेको आरोप लगाए । उनले आफूलाई मन लागेको कानून राष्ट्रपतिसँग सेटिङ मिलाएर परिमार्जन गर्ने काम भएको पनि बताएका छन् ।
यस्तै उनले संसदमा आएर कुतर्क गर्नेहरुलाई संविधानअनुसार कोचिङ क्लासको व्यवस्था गर्नुपर्ने पनि बताए । उनले अहिले पनि नेपालको संविधान धेरै शंकटमा रहेको बताएका हुन् ।
उनले अहिलेका गतिविधिहरुलाई सच्याउन नसके प्रतिनिधि सभा लोकतान्त्रिक गणतन्त्रउन्मुख शासन व्यवस्थाको लागि निर्माण भएको संविधान अन्तिम हुने बताए ।







