Logo

संविधान दिवसको अवसरमा एमालेको पदयात्रा



काठमाडौँ, १ असोज । नेकपा (एमाले) ले संविधान दिवसको अवसरमा आज पदयात्रा (वाकथन) गरेको छ । बानेश्वर, मैतीदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट निस्केको पदयात्रा वसन्तपुर पुगेको थियो । पदयात्रामा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेललगायत शीर्ष नेताको सहभागिता थियो ।

पदयात्रामा नेता तथा कार्यकर्ताले नेपाली झण्डा लिएका थिए । संविधानसभाबाट पाएको संविधानको रक्षा गर्नका लागि पदयात्रा गरिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । पदयात्रामा एमाले नेता तथा कार्यकर्ता, पार्टीका जनवर्गीय सङ्गठन र एमालेप्रति शुभेच्छा राख्ने जनसमुदायको सहभागिता थियो ।

उपत्यकाका विभन्न स्थानबाट सुरु भएको पदयात्रा वसन्तपुर पुगेर विसर्जन हुँदै छ । वसन्तपुरमा विसर्जन भएको पदयात्रालाई पार्टी अध्यक्ष ओलीले सम्बोधन गरेर समापन गरिने भएको हो ।

प्रतिक्रिया दिनुहोस्