Logo

संवैधानिक परिषद्काे बैठक विना निष्कर्ष सकियाे



काठमाडौँ, १६ साउन । संवैधानिक परिषद्को बैठक विना निष्कर्ष सकिएको छ ।

मङ्गलवार सिंहदरबारमा बसेको बैठक विना निष्कर्ष सकिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश हरिकृष्ण कार्कीं, उपसभामुख इन्दिरा राना र प्रमुख प्रतिपक्षी दलका नेता तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको बैठकले प्रधानन्यायाधीशको नियुक्ति सिफारिस गर्ने अनुमान थियो । तर आज प्रधानन्यायाधीश सिफारिस हुन नसकेको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए । अर्को बैठक बिहीबार बेलुका बस्नेछ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन २० गतेबाट अनिवार्य अवकाशमा जाँदै छन् । प्रधानन्यायाधीश अनिवार्य अवकाशमा जानुभन्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्नुपर्नेमा अहिलेसम्म परिषद्को बैठक बस्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्