Logo

संवैधानिक परिषद्को बैठक बस्दै



काठमाडौँ, २५ वैशाख । संवैधानिक परिषद्को बैठक आज बस्ने भएको छ । साँझ ६ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको छ ।

बैठकमा प्रधानन्यायाधीश नियुक्तिका बारेमा छलफल हुने बताइएको छ । विगत १५ महिनायता सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको नियुक्ति हुन सकेको छैन ।

प्रधानन्यायाधीश नियुक्ति नभएकै कारण नेपाल बार एसोसिएसनले आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्