फाइल तस्बिर
काठमाडौँ, १६ साउन । संवैधानिक परिषद्को बैठक जारी रहेको छ ।
नयाँ प्रधानन्यायाधीशको सिफारिस गर्ने उद्देश्यसहित सिंहदरबारमा बैठक चलिरहेको हो ।
प्रधानन्यायाधीश कार्की यही साउन २० गतेदेखि अनिवार्य अवकाशमा जाने भएका कारण नयाँ प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियाका लागि नाम सिफारिस गरिन लागिएको हो ।
प्रधानन्यायाधीश अनिवार्य अवकाशमा जानुभन्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्नुपर्नेमा अहिलेसम्म परिषद्को बैठक बस्न सकेको थिएन ।





