काठमाडौँ, १ असोज । प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानमा भएको व्यवस्थाअनुसार आफूले संसद विघटन गरेको दाबी गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा अध्यक्ष ओलीले आफूले दुई पटक गरेको संसद विघटनको बचाउ गर्दै संविधानमा भएको व्यवस्थाअनुसार आफूले उचित कदम चालेको दाबी गरेका हुन् ।
संसदमा आफूभन्दा अगाडि बोलेका प्रधानमन्त्री शेरबहादुर देउवाले परमादेशले संविधानको रक्षा गरेको बताएको सन्दर्भमा ओलीले चुनावमा जाने कुरा प्रतिगमन नभई परमादेशबाट सरकार बनाउने काम प्रतिगमन भएको बताए ।







