Logo

संसदमा आज पनि कांग्रेसको अवरोध



काठमाडौँ, १९ चैत । प्रतिनिधिसभा बैठकमा आज पनि नेपाली कांग्रेसले अवरोध जनाएको छ ।

बैठक सुरू हुनेवित्तिकै कांग्रेस सांसदहरूले आ-आफ्नो सिटबाट उठेर अवरोध जनाएका हुन् । अवरोध पछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद प्रतिमा गौतमलाई समय दिएका थिए ।

उनले संसदमा गृहमन्त्री रवि लामिछानेबारे कांग्रेसले उठाएको विषयप्रति सरकार गम्भीर नभएको आरोप लगाइन् । संसददेखि सडकसम्म सहकारी ठगीको विषय छताछुल्ला हुँदा पनि सरकारले नसुनेझै गरेर बसेको भन्दै आपत्ती जनाएकी हुन् ।

गौतमले यसअघि पनि विभिन्न मन्त्रीमाथि आरोप लाग्दा अनुसन्धानका लागि मार्गप्रशस्त गरेको उदाहरण रहेको भन्दै गृहमन्त्रीले पनि आफूमाथिको आरोपको अनुसन्धानका लागि सहज वातावरण बनाउनुपर्नेमा जोड दिइन् ।

सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय सुनुवाइ समिति नबनेसम्म संसदमा अवरोध कायम हुने बताइन् ।

प्रतिक्रिया दिनुहोस्