Logo

संसदमा गृहमन्त्रीलाई बोल्न दिने विपक्षी दलको निर्णय



काठमाडौँ, ६ जेठ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बोलाउनुभएको विपक्षी दलहरुको बैठकले गृहमन्त्री रबी लामिछानेलाई बोल्न दिने निर्णय गरको छ ।

संसद भवन नयाँ बानेश्वरमा आज बसेको विपक्षी दहरुको बैठकले गृहमन्त्री लामिछानेले सहकारी प्रकरणका सम्बन्धमा चित्तबुझ्दो जवाफ दिए मात्र संसद चल्न दिने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पाटीका प्रवक्ता ज्ञान बहादुर शाहीले जानकारी दिनुभयो ।

बैठकमा कांग्रेस सभापति देउवासहित कांग्रेसका पदाधिकारी, राप्रपाका नेता बुद्धिमान तामाङ, ज्ञान बहादुर शाही, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर, जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी लगायतका नेताको सहभागीता रहेको थियो ।

कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबीनको माग गर्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिएको छैन । जसका कारण संसदको वर्खे अधिवेस प्रभावित बन्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्