Logo

संसदमा जात्रा देखियो: झाँक्री



काठमाडौँ, २५ माघ । नेकपा (एकीकृत समाजवादी) की सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीले सत्तारूढ राष्ट्रिय प्रजातन्त्र पार्टीको चर्को आलोचना गरेकी छन् ।

संसदभित्रै संविधानविरुद्ध विषवमन गरेर राप्रपाले ‘जात्रा’ देखाएको भन्दै उनले आपत्तिसमेत जनाएकी हुन् ।

बुधवार काठमाडौँमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै सचिव झाँक्रीले नागरिकलाई फेरि पनि निराश बनाउने गरी संविधान र व्यवस्थाकोविरुद्ध नबोल्न पनि राप्रपालाई चेतावनी दिइन् ।

सचिव झाँक्रीले ठूला दलहरूले नागरिकको अवस्थामा परिवर्तन हुने गरी कामै गरेर देखाउने बेला आएको पटक-पटक दोहोर्‍याइन् । उनले सरकारमा गएकाहरूले पनि जिम्मेवारीपूर्ण ढङ्गले नागरिकको पक्षमा काम गर्नुपर्ने बताइन् ।

सचिव झाँक्रीले भन्नि, ‘संसदमा जात्रा देखिएको छ । व्यवस्थाका विरुद्धमा विषवमन गरिएको छ । त्यही संविधानका विरुद्ध विषवमन गरिएको छ । यसले नागरिकलाई निराश बनाएको छ ।’

प्रतिक्रिया दिनुहोस्