काठमाडौँ, २९ फागुन । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संसदमा महिलाहरूको भूमिकाबारे उल्लेखनीय चर्चा हुन नसकेको गुनासो गरेकी छन् ।
सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले संसदमा महिलाहरूले निभाएको भूमिकाको चर्चा हुन नसकेको बताएका हुन् ।
उनले संसदमा कोरम पुर्याउने कुरामा पनि महिलाहरूको उपस्थिति महत्त्वपूर्ण रहे पनि त्यसको बाहिरी पक्षमा मूल्याङ्कन गर्न नसकेको बताइन् ।
संसद्को बैठक आयोजना र व्यवस्थापन गर्ने कुरामा पनि महिलाहरूको बढी सहभागिता रहेकाले सञ्चारमाध्यमहरूले महिलाको मूल्याङ्कन गरी खोजमूलक पत्रकारिता गर्नुपर्ने उनको भनाइ छ ।







