काठमाडौँ, १८ असोज । नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले सभामुखले गरेको रुलिङप्रति सरकारले ध्यान नदिएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले सरकारले संसदमा रुलिङ भएको विषय कार्यान्वयनमा ध्यान नदिएकोमा ध्यानाकर्षण गराएका हुन् ।
“कान्ति बाल अस्पतालको घटना र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारको विषयमा रुलिङ भयो, तर सरकारले उक्त रुलिङ कार्यान्वयन गरेन”, उनले भने । उनले ती विषयमा विशेष निर्देशनको माग समेत गरेका थिए ।







