Logo

संसदीय छानबिन विशेष समितिले जनार्दन शर्मासँग बयान लिँदै



काठमाडौँ, ५ साउन । संसदीय छानबिन विशेष समितिको बैठक सुरु भएको छ । बैठकले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भए नभएकोबारे बयान लिँदैछ ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको हिजो बसेको बैठकले सोधपुछका लागि उनलाई आज बोलाउने निर्णय गरेको थियो ।

समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार यसअघिका बैठकमा अर्थ मन्त्रालयका अधिकारी, बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको घुसपैठसम्बन्धी समाचार लेख्ने पत्रकारलगायतसँग सोधपुछ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्