Logo

संसदीय छानबिन समितिको कार्यादेश भाषामा अल्झियो सहमति



काठमाडौं, ११ जेठ । सहकारी ठगी प्रकरणबारे संसदीय छानबिन समितिको कार्यादेश ९टीओआर० बारे प्रमुख दलका शीर्ष नेताबीच सहमति जुट्न सकेको छैन।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकमा टीओआरको भाषा के बनाउने भन्ने विषयमा सहमति नजुटेको हो।

छानबिन समिति बनाउन दलहरूबीच सहमति भएपनि गृहमन्त्री रवि लामिछानेको नाम राख्ने वा नराख्ने भन्ने विषयमा सत्ता–प्रतिपक्ष दलबीच विवाद छ। सोही कारण संसद बैठकसमेत अवरोध हुँदै आएको छ।

 

‘सहकारी छानबिन सम्बन्धी समिति बनाउने कुरामा सहमत छ। टीओआरको भाषा के हुने भन्ने विषयमा पनि छलफल भयो’ बैठकमा सहभागी नेपाली कांग्रेसका नेता रमेश लेखकले भन्नुभयो, ‘ छलफल सकारात्मक छ।’

शीर्ष नेताहरूको बैठकमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे पनि छलफल भएको बताइएको छ।

नेता लेखकले सिरोहिया पक्राउबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको जानकारी दिनुभयो।

शुक्रबार अपरान्ह बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेताहरू कृष्ण सिटौला, गगन थापा र रमेश लेखक तथा माओवादी केन्द्रका नेता हितराज पाण्डे सहभागी हुनुभएको थियो।

 

प्रतिक्रिया दिनुहोस्