Logo

संसदीय छानबिन समितिले जनार्दन शर्मासँग बिहीवार छलफल गर्ने



काठमाडौँ, ४ साउन । संसदीय छानबिन विशेष समितिले बिहीवार निर्वतमान अर्थमन्त्री जनार्दन शर्मालाई बोलाएर छलफल गर्ने भएको छ ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको बुधवार बसेको बैठकले सोधपुछका लागि उनलाई बोलाउने भएको हो ।

समितिका सचिव सुरेन्द्र अर्यालले आजको बैठकमा अर्थमन्त्री, अर्थ मन्त्रालयभित्र अनधिकृत घुसपैठसम्बन्धी समाचार लेख्ने अन्नपूर्ण पोस्ट दैनिकमा कार्यरत दुई पत्रकार सुरेन्द्र काफ्ले र ममता थापासँग सोधपुछ गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्