Logo

‘संसदीय मर्यादा कायम राख्न मौन धारणमा सहभागी भएनौं’



काठमाडौँ, ७ माघ । उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङदेनले जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय मर्यादा विपरित संसद्‍मा आफैंले शहीदहरूको सम्मान भन्दै मौन धारण गर्न लगाएको दावी गरेका छन् ।

मधेशका शहीदहरूप्रति सरकार र संसदले सम्मान नगरेको भन्दै गत माघ ५ गते बसेको प्रतिनिधिसभा बैठकमा जनमत पार्टीका अध्यक्ष राउतले मौन धारण गर्न लगाएका थिए ।

त्यो काम संसदीय मर्यादा र नियम विपरित भएकाले प्रधानमन्त्री पुष्पकमल दाहालसहित आफूहरूले मौन धारण गर्ने काममा सहभागी नभएको पनि उपप्रधानमन्त्री लिङदेनले स्पष्ट पारे। उनले विशेष परिस्थितिमा सभामुखले गरेको रुलिङलाई मात्रै संसदमा मान्नुपर्ने परिपाटी रहेको पनि उल्लेख गरे। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका लिङदेनले आफूहरूले सो क्रममा शहीदहरूलाई अनादर गरेको भनेर भ्रममा नपर्न पनि सबैलाई आह्वान गरेका हुन् ।

उपप्रधानमन्त्री लिङदेनले सो घटनालाई लिएर प्रधानमन्त्रीले नै शहीदहरूप्रति अनादर गरेको भनेर गलत कुरा बाहिर लैजान नपाउने जिकिरसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्