Logo

संसदीय विशेष छानबिन समिति बैठक: सीसीटीभीसँग सम्बन्धित विज्ञहरूसँग छलफल गरिने



काठमाडौँ, ३ साउन । संसदीय विशेष छानबिन समितिको बैठक आज पनि बस्दै छ ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो ।

उक्त बैठकमा सीसीटीभीसँग सम्बन्धित विज्ञहरूसँग छलफल गर्ने कार्यतालिका छ ।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय उक्त समिति बनेको हो ।

प्रतिक्रिया दिनुहोस्